arrow

बेपत्ता चिनियाँ अर्बपति सरकारी अधिकारीहरूसँग रहेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
Bao-Fan-china-jack-ma.jpg

काठमाडौं। करिब दुई साताअघि देखि हराइरहेका चिनियाँ अर्बपति टेक्नोलोजी डीलमेकर बाओ फ्यानले चिनियाँ अधिकारीहरूलाई अनुसन्धान गर्न सहयोग गरिरहेको उनको बैंकले जनाएको छ।

चाइना रेनेसान्स होल्डिङ्स बैंकका सीईओ बाओ फ्यान सम्पर्कमा नरहेको भन्दै ११ दिनअघि यो बैंकले विज्ञप्ती जारी गरेको थियो।

चाइना रेनेसान्स होल्डिङ्सको सीईओ एवं संस्थापकसँगै बाओ चीनका एक अग्रणी डिल ब्रोकर हुन् जसका ग्राहकहरूमा शीर्ष टेक्नोलोजी कम्पनीहरू दिदी र मीटुआनसमेत रहेका छन्।

बाओ बेपत्ता भएपछि फर्मको शेयर घटेको थियो। तर, सोमबार बढेको छ।

बैंकले हङकङ स्टक एक्सचेन्जको फाइलिङमा भनेको छ,'बाओले हाल जनवादी गणतन्त्र चीनका केही अधिकारीहरूले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको कुरा बोर्डले थाहा पाएको छ।'

'कम्पनीले उचित रूपमा सहयोग गर्नेछ र सम्बन्धित पीआरसीका अधिकारीहरूले कुनै पनि कानुनी सहयोगको अनुरोध गरे त्यो पनि गरिनेछ,' कम्पनीले अघि भनेको छ। उनी सम्पर्कमा आएको भने पनि, यसले अनुसन्धान र बाओको ठेगानाको बारेमा कुनै थप विवरण दिएको छैन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ