arrow

पीएनजीमाथि नेपाल हावी, सामान्य चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
nepal-cricket-2023-2-27.jpeg

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनी पीएनजीमाथि नेपाल हावी भएको छ । जितका लागि २०४ रनको सामान्य लक्ष्य पछ्र्याएको नेपालले ६ ओभर खेल्दा कुनै विकेट नगुमाइ ३४ रन बनाइसकेको छ । 

आशिफ शेख र कुशल भुर्तेलले आक्रामक शुरुआत गरेका हुन् । यसअघि यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । 

पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा आउट भए । 

नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी, सोमपाल कामी र डेब्यु खेलाडी प्रतिश जीसीले १–१ विकेट लिए । 

प्रतिश नेपालबाट एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् । 

श्रृंखलामा यूएई पनि रहेको छ । 

अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ