arrow

सन्दीपलाई विदेश जान अनुमति दियो सर्वोच्चले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
sandeep-lamichhane-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान फुकुवा गरेको छ । अदालतले धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित उनलाई विदेश जान लगाएको रोक फुकुवा गरेको हो । 

यसअघि उच्च अदालतको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा सन्दीपलाई थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन निवेदन दिएको थियो । त्यस्तै गत बिहीबार विदेश जान पाउनुपर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा निवेदन दिएका थिए ।

अहिले नेपाली क्रिकेट टिम विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक क्रिकेट खेल्न यूएईमा रहेको छ । उक्त टिममा सन्दीप सहभागी छैनन् । सन्दीप बिना नै नेपाली टिमले आज भएको खेलमा पपुवा न्यूगिनीलाई हराएको छ । 

माथिका दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो । 

सर्वोच्च अदालतको आदेशमा ‘विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनू’ भनिएको छ ।

नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई गत पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने आदेश गर्दैै विदेश जान भने रोकेको थियो । 

उनलाई जिल्ला अदालत काठमाडौंले कार्तिक १८ गते थुनामा राख्ने आदेश गरेको थियो । उनीविरुद्ध गत भदौ २१ गते रिट निवेदन परेको थियो । तर विदेशबाट भने उनी असोज २० गतेमात्र फर्केका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ