arrow

नेपालले पीएनजीलाई हरायो, यूएईसँग दूरी घटायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
nepal-cricket-kushal-aashif.jpeg

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनी पीएनजीमाथि नेपाल हावी भएको छ । नेपालले पीएनजीमाथि सहज ४ विकेटको जित निकालेको छ । जितका लागि २०४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर सहजै जित निकाल्यो । 

नेपालको जितमा कुशल भुर्तेलको ५६ तथा आशिफ शेखको ४४ रन महत्वपूर्ण रह्यो । यसअघि यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । 

पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा आउट भए । 


नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी, सोमपाल कामी र डेब्यु खेलाडी प्रतिश जीसीले १–१ विकेट लिए । 

प्रतिश नेपालबाट एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् । 

श्रृंखलामा यूएई पनि रहेको छ । 

योसँगै नेपालले लगातार पाँच जितको कीर्तिमान बनाएको छ । यसअघि नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको थियो । 

जितसँगै नेपालले २९ खेलमा २८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । २८ खेलबाट २९ अंकको यूएईसँग नेपालले दूरी कम गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ