राष्ट्रपतिका उम्मेदवारले नाम फिर्ता लिन सक्ने, अन्तिम नामावली आउँदै
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
1.7k
Shares
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकाको नाम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिकासँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।
गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए ।
उनीहरुविरुद्ध उजुरी आब्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।