arrow

झन् बिग्रिदै चीन-अमेरिका सम्बन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
china-US-trade-war.jpg

काठमाडौं । जासुसी बेलुनको विषयलाई लिएर पछिल्लो पटक तनाव बढेको अमेरिका र चीन बीचको सम्बन्ध फेरि कोभिड-१९को उत्पत्ति र रुसलाई सहयोग नगर्न भन्दै अमेरिकाले दिएको चेतावनीले झनै चर्किएको छ ।

यसका साथै एसियाली क्षेत्रमा अमेरिकी र चिनियाँ सेनाहरू बीचको बढ्दो तनाव र ताइवानमा बढ्दो गतिरोधका साथ साथै टकरावको यो त्रिकोणात्मक स्थितिले चर्काे रुप लिएको छ ।

अमेरिका र चीनबीचको यो बढ्दो विरोधी सम्बन्धले अर्थतन्त्रदेखि सार्वजनिक स्वास्थ्यसम्मका धेरै क्षेत्रहरुसम्म असर पार्ने देखिन्छ । अमेरिका र चीनबीचको तनावको विषय चिनियाँ उपकरणहरुमा राखिएको भनिएका जासुसी टुलहरुसम्म पुगेको छ। यी यावत् विषयहरुले दुई देशबीचको सम्बन्धलाई तनावको निरन्तर एकपछि अर्काे चरणमा पुर्याउने गरेको छ।

यस स्थितिमा मंगलबार अमेरिकी सदनले चीनसँगको प्रतिस्पर्धामा नयाँ द्विदलीय समिति बनाएको छ । यो समितिको काम शत्रु नभई प्रतिद्धन्द्धीका रूपमा चीनलाई विश्व प्रणालीमा शान्तिपूर्ण रूपमा समाहित गर्ने वर्षौं प्रयासपछिको आधारमा आधारित हुनेछ।

चिनियाँ नेताहरूको नयाँ पुस्ताले अमेरिकी विश्वव्यापी व्यवस्था र अन्तर्राष्ट्रिय कानूनलाई ध्वस्त पार्न खोजिरहेको छ भन्ने विश्वासमा अमेरिकाले कडा अडान लिइरहेको छ। अमेरिकाले चीन विरूद्वका भावी रणनीतिहरू यसै अनुरूप बनाउने देखिएकाे छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ