arrow

नेपालमा आँखाको समस्या बढ्दो छ – डा सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
dr-ranju-kharel-sitoula-oph.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेत्र रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाले नेपालमा आँखा रोगको समस्या बढ्दै गएको बताएकी छिन् । हालैमात्र खोटाङ्गमा निः शुल्क आँखा शिविर सञ्चालन गरेर फर्केपछि शिक्षक अस्पताल महाराजगञ्जकी सहप्राध्यापक डा. सिटौलाले आँखामा समस्या भएका रोगीहरु धेरै पाएको बताइन् । 

उनले भनिन्, ‘तीन दिने शिविरका क्रममा एक हजार १३७ बिरामीको उपचार गरियो । कयौंको अप्रेशन गर्यौं । ७६ जनाको अप्रेशन गर्नु भनेको धेरै हो ।’

डा. सिटौलाले बच्चादेखि १०३ वर्षका वृद्धसम्मको आँखाको उपचार गरेको बताइन् । ४४ देखि १०३ वर्षसम्मका बिरामीको शल्यक्रिया गरिएको हो । त्यसमध्ये पाँच जनाको मोतिबिन्दुको दुवै आँखाको शल्यक्रिया गर्नुपरेको थियो । 

नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मूख्य आयोजनामा भएको शिविरमा वीपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्र (शिक्षण अस्पताल) को प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो । 

डा. सिटौलाको नेतृत्वमा १३ जनाको स्वास्थ्य टोली दिक्तेल गरेको थियो । 

डा. सिटौलाले जिल्लामा आँखा उपचार केन्द्र भए पनि उपचार भने नगरिएको दुःखद दृष्टान्त सुनाइन् । जिल्लामा वर्षको एक पटक शिविर सञ्चालन हुँदै आएको छ । 

यसबाट पनि स्पष्टै हुन्छ कि ग्रामिण भेकमा आँखा रोगीको संख्या उल्लेख्य छ । तर त्यसको उपचारमा स्थानीय तहको समन्वयको अभाव देखिएको छ ।  
 



नयाँ