arrow

पीएसजी डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
hakimi-psg.jpg

काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अच्राफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ । मोरक्कोका डिफेन्डरमाथि २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

पीडित महिलाले आफूमाथि फेब्रुअरी २५ तारिखमा हाकिमीले घरमै आफस्लाई बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले गत आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको प्रहरी स्रोतले बताएको बीबीसीले उल्लेख गरेको छ ।  

आरोप दर्ता नगरे पनि प्रहरीले हाकिमीलाई लागेको आरोपमाथि प्रारम्भिक अनुसन्धान थालेको जनाइएको छ । अहिलेसम्म यसबारेमा हाकिमीले केही बोलेका छैनन् । 

त्यस्तै पीएसजीले पनि कुनै जानकारी दिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ