arrow

बढेर आयो ग्यासको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेशन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । 

जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । 

यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ