arrow

शुभ बेलाबाट दिन शुरुआत, श्रीविष्णुको प्रिय दिन कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ फाल्गुन १८ गते बिहीबार, इस्वीसंवत मार्च २ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्ल चलिरहेको छ । सौरमान अनुसार फाल्गुनशुक्लपक्षको एकादशी तिथि रहनेछ ।

नक्षत्रमा आद्रा, विष्कुम्भादि योगमा आयुष्मान, करणमा गर, आनन्दादि योगमा अमृत रहनेछ । सूर्य कुम्भ राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । दिनमान २८ घटि ५० पला अर्थात ११ घण्टा ३३ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३२ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ०६ः०२ बजे हुनेछ ।

आजको राशिफल

मेष : आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति र जोशजाँगर बढेर आउने एवम् काममा रुचि बढ्ने हुनाले रोकिएर रहेको महत्वपूर्ण काम पूरा गर्न सकिनेछ । मान्छेहरुबाट प्रशंसा पाइने र मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने एवं उत्साह तथा उमङ्ग बढ्नेछ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । व्यवसाय तथा पेशागत कर्मक्षेत्रबाट आफ्नो हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ ।

वृष : आजको दिन केही अदृश्य रोकावटको बाबजुत पनि सकारात्मक नै देखिएको छ । सावधानीपूर्वक वाणी व्यवहार गर्नाले बोलीवचनले मान्छेहरुलाई प्रभाव पार्न सकिने छ । सञ्चित धनको व्यय हुनसक्ने र व्यवसाय आदिबाट आर्थिक आम्दानी हुने, दुबैको सम्भावना रहेको छ । परोपकार एवम् सामाजिक कार्यमा संलग्न हुने मौका मिल्न सक्ने छ भने केही प्रयत्नले नाता–कुटुम्ब सम्बन्धमा सुधार ल्याउन सकिने छ । आज यहाँहरुको लागि दुई अंक, सेतो रंग शुभ रहने छ भने अदृष्य रोकावट निवारणको लागि विद्यार्थीले माँ सरस्वतीको र सर्वसाधारण सबैले माँ वगलामुखीको भक्तिभाव गर्नु हितप्रद हुनेछ ।

मिथुन : आजको दिन खुशी एवम् उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थपिनसक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुनसक्ने छ । कार्यक्षेबाट हैसियत एवम् औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवम् समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ । यहाँहरुको लागि आज एक अंक, पहेंलो रङ्ग र गुरुजनको सेवाश्रद्धा उपयुक्त रहनेछ ।

कर्कट : आजको दिन सामान्य कार्यलाई पनि बढी मेहनत गर्नुपर्ने दिन रहेको छ । विचार नपुर्याइ जोशमा आएर कुनै पनि विषयको आसक्ति नगरेकै राम्रो हुनेछ । फजुल खर्च तथा यात्रा आदिलाई ग्रह स्थितिले प्रोत्साहन गरिरहेकोले सोँचविचार नगरी गरिएको कामले पश्चाताप पार्नपनि सक्नेछ ख्याल पुर्याउनु होला । पारिवारिक वा प्रेमसम्बन्धमा पनि केही वितृष्णा पैदा हुन सक्ने छ । हतोत्साहित नभइ आफ्नो कार्यमा लगनशीलतापूर्वक लागिरहनाले अन्तिममा केही लाभ हातपार्न सकिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्गको उपयोग गर्नु हितकर हुनेछ भने नगरी नहुने कार्यमा सफलताको लागि कुमारी कन्यालाई उपहार दिनु एवं गुरु आर्शिवाद लिनु विशेष हितकर हुनेछ ।

सिंह : आजको दिन व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । समयको राम्रोसँग सदुपयोग गरेको खण्डमा जाँच एवम् परीक्षा तथा प्रतिस्पर्धामा उर्तिण तथा विजयी भइने दिन परेको छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह कुरा चल्नसक्ने छ । समर्थन तथा सहयोग गर्ने इष्टजनहरु पनि मिल्ने छन् । आज महत्त्वपूर्ण काम बन्नसक्ने सम्भावान छ । यहाँलाई आज दुई अंक, सेतोरङ्ग उपयुक्त हुनेछ भने विद्यार्थीलाई सरस्वती स्तुतिले थप हित गर्नेछ ।

कन्या : आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ तर आफ्नै व्यवहारमा कमिकमजोरी रहनाले तथा आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । विशेष गरी कामकार्यमा विपरितलिङ्गीबाट असहयोग हुन सक्नेछ । तथापि राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट केही लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आड भरोषाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन ज्योतिषीय दृष्टिमा माँ बगलामुखीको सेवा आराधनाको साथमा कन्यालाई दान दक्षिणा दिनु शुभदायक हुनेछ ।

तुला : आजको दिन कमजोरी खोज्नेहरु सक्रिय देखिने छन् । आफूभन्दा माथिल्लो निकायलाई सिकाय पुग्ने हुनाले काम क्षेत्रमा केही अपयश पनि व्यहोर्न पर्नसक्ने छ । केही असफल चक्रब्यूहको शिकार भइनसक्ने छ तर, आत्मबल नगिराइ दृढताको साथमा आफ्नो कर्तव्यबाट विचलन नभएमा अन्ततोगत्त्वा परिणाम आफ्नो पक्षमा ल्याउनसकिने छ । धार्मिक चिन्तन र सदाचरणको अभ्यासले जयतर्फ लैजाने छ । व्यापार व्यवसायको क्षेत्रमा पनि आकस्मिक लाभ हुनसक्ने छ । नौं अङ्क, पहेंलो रातो तथा सेतो रङ्गका वस्तुहरुको उपयोग आज यहाँको लागि फापसिद्ध हुनेछ भने गुरुजनको आर्शिवाद लिनु थप सफलताकर हुनेछ ।

वृश्चिक : आजको दिन सोँचेभन्दा बढी संघर्ष गर्नपर्ने खालको दिन देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । हतार नगर्नु तथा सोँचविचार गरेर चल्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । आज ध्यानाभ्यास गर्नु यहाँको लागि उपयुक्त हुनेछ भने आठ अंक, रातो रङ्ग र बाधाबिघ्न निवारणको लागि सर्वसाधारणले माँ वगलामुखी र विद्यार्थीहरुले सरस्वतीको साधना गर्नु शुभ हुनेछ ।

धनु : आजको दिन भौतिक सुखकर रहनेछ, तथापि खोजेकै भौतिक उपलब्धि हुनको लागि ग्रहको अबरोध पनि देखिएको छ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा केही सम्झौताले सुधार ल्याउनसकिने छ । कसैकसैमा आकस्मिक आक्रोश पैदा हुनसक्ने वा कपट प्रेमको फन्दामा फस्नसकिने समेत सम्भावना देखिएको छ । बुद्धिविवेक पुर्याएर होसियारी अवलम्बन अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । उच्चरक्तचाप आदिका रोगीले भने आहारविहारमा विशेष होसियारी गर्नुहोला । यात्रा, व्यापार व्यवसाय आदिको योग परेको छ । सात अङ्क,, सेतो रङ्गको प्रयोग शुभ रहने छ भने भगवान श्री गणेशको सेवाआराधना तथा स्तुति गर्नु आज तपाईँको लागि फापसिद्ध हुनेछ ।

मकर : आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख देखिए पनि विशेष मानिएको कार्यमा गन्तव्यचुम्न संघर्ष देखिएको छ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता बढ्दा बढ्दै पनि सोचेकै कार्यमा सफलता हातपार्न अल्लि कठिन पर्ने देखिन्छ । दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुक जनहरुबाट पनि केही काम लिन सकिनेछ । यात्रालाई पनि गोचरले प्रोत्साहन गरेको छ, मान्यजन वा विरामी जनको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवाजन्य क्षेत्रमा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणको लागि माँ इन्द्रायणी प्रतिको सेवा समर्पण थप लाभसिद्ध हुनेछ ।

कुम्भ : आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहन सक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्न सकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले प्रमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षा क्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

मीन : आजको दिन बोली व्यवहारमा केही सावधानी अप्नाउनु पर्नेछ । कसैसँग मनोमालिन्य हुनसक्ने तथा मनमा संकोच बढ्नसक्ने सम्भावना छ । कामकार्यमा पनि अबरोध एवम् प्रतिकूलताको ग्रह लक्षण रहेकोले अल्लि बढी यत्न गर्नुपर्ने तथा बुद्धि पुर्याउन पर्ने जरुरी हुनेछ । स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमा वा मातृशक्तिको आर्शिवादले अनिष्ट निवारणमा मद्दत गर्नेछ ।

साइतः सूर्य कुम्भ राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः३८ बजेदेखि      ०८ः०३ बजेसम्म     शुभ बेला
बिहान ०८ः०३ बजेदेखि      ०९ः२८ बजेसम्म     रोग बेला
बिहान ०९ः२८ बजेदेखि      १०ः५३ बजेसम्म     उद्वेग बेला
बिहान १०ः५३ बजेदेखि       १२ः१७ बजेसम्म    चर बेला
दिनमा १२ः१७ बजेदेखि       १ः४२ बजेसम्म     लाभ बेला
दिनमा १ः४२ बजेदेखि        ३ः०७ बजेसम्म     अमृत बेला
दिनमा ३ः०७ बजेदेखि        ४ः३२ बजेसम्म     काल बेला
साँझ ४ः३२ बजेदेखि        ५ः५६ बजेसम्म     शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ