arrow

किमले बनाए कडा कानून : फिल्म हेरे अभिभावकसँगै बालबालिका जेल जाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
kim-jong.jpg

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङले बालबालिकाले हलिउड फिल्म वा सिरिज हेरे जेल हाल्ने भएका छन् । जोङले बुधबार यस्तो घोषणा गरेका हुन् । उनले बालबालिकाले हलिउड चलचित्र वा शृङ्खला हेर्नु अपराध भएको बताएका छन् ।

उनको आदेशमा भनिएको छ,' बालबालिकाले हलिउड फिल्म वा सिरिज हेरे भने उनीहरू र उनीहरूका अभिभावकलाई जेल हाल्न सकिन्छ । यति मात्र होइन, उनीहरूका अभिभावकलाई ६ महिनासम्म श्रम शिविरमा पठाएर श्रमिकको रूपमा काम गर्न लगाइनेछ ।'

उत्तर कोरियामा हलिउड फिल्म र सिरिज हेर्न पहिलेदेखि नै प्रतिबन्ध लगाइएको छ तर अहिले भने कानुनलाई अझ कडा पारिएको छ । पहिले फिल्म हेर्ने बालबालिकालाई मात्र सजाय दिइन्थ्यो । अब अभिभावकसँगै बालबालिकालाई पनि कडा सजाय दिने घोषणा गरिएको छ । बालबालिकालाई ५ वर्षसम्मको सजाय हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ