- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेलिरहेको छ । दुबईमा भइरहेको खेल विजयका लागि नेपालले २०८ रनको सामान्य चुनौती पछ्याउँदै छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको र्यूएईले ८ विकेटको क्षतिमा २०७ रन बनायो । आशिफ खानले ७२ तथा रोहन मुस्तफाले अविजित ५२ रन बनाएको इनिङ्सलाई सस्तैमा रोक्ने क्रममा सन्दीप लामिछानेले ३ तथा करण केसी, आशिफ शेख र कुसल मल्लले समान १–१ विकेट लिए ।
नेपालले लिग–२ मा लगातार पाँच खेल जितेर कीर्तिमान बनाएको छ । यो खेल जितेमा नेपालले निरन्तर जितको कीर्तिमानलाई थप बढाउने छ । नेपालले यसअघि घरेलु मैदानमा गत साता भएको त्रिकोणात्मक श्रृंखलामा घरेलु मैदानमा सबै खेल जितेको थियो । नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई खेल जितेको थियो ।
त्यस्तै यूएईमा भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई पनि पराजित गरी नेपाल लगातार पाँच खेल जित्न सफल भएको हो ।
आजको खेल जिते नेपालले लगातार छ जित बनाउने छ । त्यतिमात्र हैन यो खेल नेपाललाई शीर्ष तीनभित्र परेर विश्वकपमा छनोट हुन पनि जित्नैपर्ने दबाब रहेको छ ।
नेपाल र यूएईबीच एक दिवसीयमा ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ ।
सात टोली सहभागी विश्वकप लिग–२ मा नेपाल २९ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ । आजको खेलमा यूएईलाई हराए ३० अंकसहित पाँैचौं स्थानमा पुग्नेछ । यूएईको २९ खेलबाट २९ अंक छ ।
त्यसअघि सबै खेल खेलेको अमेरिकाको ३५, नामिबियाको ३९, ओमानको ४४ तथा स्कटल्याण्डको ५० अंक छ ।
शीर्ष तीनमा रहे नेपालले सीधै विश्वकप खेल्न पाउने छ । तर नेपालका अगाडि यूएई नै तगारो देखिएको छ ।
यदि नेपालले ३६ मध्ये खेल्न बाँकी सबै खेल जित्ने हो भने भने विश्वकपमा छानिने छ । अब यूएईले नेपालसँग ४ तथा पपुवा न्यूगिनीसँग ३ खेल खेल्न बाँकी छ ।
त्यस्तै नेपालले पनि पपुवा न्यूगिनीसँग तीन खेल खेल्न बाँकी छ ।