arrow

मेडिकल टिम सहितको आपत्कालिन विपद् व्यवस्थापन परियोजना लागु गर्दै चौरजहारी अस्पताल (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
jajarakot-medical-team.jpg

जाजरकोट। तीन जिल्लाई लक्षित गर्दै मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालले आपद् कालिन विपद् व्यवस्थापन परियोजना लागू गर्न लागेको छ। जाजरकोट, सल्यान र रुकुम पश्चिम लाई लक्षित गर्दै सेवाले मेडिकल टिम परिचालन गर्ने भएको हो।

मेडिकल टिम ६ जना सहित ११ जनाको समूहमा ख वर्गको एम्बुलेन्स परिचालन गरी विपद् परेको ठाउँमा जुनसुकै समयमा जान सकिने गरी व्यवस्थापन गरिएको छ। सेवाले चौरजहारी अस्पताल सञ्चालन गर्दै आएको छ। अहिले जिल्ला विपद् व्यवस्थापन समिति , स्थानीय तह, जिल्ला समन्वय समितिसँग सहकार्य गरेर सहमति गर्ने काम भइरहेको चौरजहारी अस्पतालका निर्देशक दिलबहादुर गिरीले बताए। ख वर्गको एम्बुलेन्समा सबै मेडिकल सामग्री राखेर समस्या परेको ठाउँमा जान तयारी अवस्थामा रहेको समेत उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ