मेडिकल टिम सहितको आपत्कालिन विपद् व्यवस्थापन परियोजना लागु गर्दै चौरजहारी अस्पताल (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
1.1k
Shares
जाजरकोट। तीन जिल्लाई लक्षित गर्दै मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालले आपद् कालिन विपद् व्यवस्थापन परियोजना लागू गर्न लागेको छ। जाजरकोट, सल्यान र रुकुम पश्चिम लाई लक्षित गर्दै सेवाले मेडिकल टिम परिचालन गर्ने भएको हो।
मेडिकल टिम ६ जना सहित ११ जनाको समूहमा ख वर्गको एम्बुलेन्स परिचालन गरी विपद् परेको ठाउँमा जुनसुकै समयमा जान सकिने गरी व्यवस्थापन गरिएको छ। सेवाले चौरजहारी अस्पताल सञ्चालन गर्दै आएको छ। अहिले जिल्ला विपद् व्यवस्थापन समिति , स्थानीय तह, जिल्ला समन्वय समितिसँग सहकार्य गरेर सहमति गर्ने काम भइरहेको चौरजहारी अस्पतालका निर्देशक दिलबहादुर गिरीले बताए। ख वर्गको एम्बुलेन्समा सबै मेडिकल सामग्री राखेर समस्या परेको ठाउँमा जान तयारी अवस्थामा रहेको समेत उनले बताए।