arrow

झुकेर अभिवादन गर्नुको फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
NEP-Japanese-greeting_Bowing.jpg

काठमाडौं ।   केही संस्कृति र देशहरूमा, उदाहरणका लागि जापानमा एक अर्कालाई झुकेर अभिवादन गर्ने चलन छ । जब दुई मानिसहरूले एक अर्कालाई झुकेर अभिवादन गर्दछन्, तब उनीहरूको वरिपरि दिव्य ऊर्जा (शक्ति) को सुरक्षात्मक-कवच निर्माण हुन्छन् ।

उनीहरूबाट दिव्य ऊर्जाका कणहरू उत्सर्जन हुन थाल्दछन् र उनीहरूको बीचको खाली ठाउँ भर्दछन् । उनीहरूको देहको सबैतर्फ अध्यात्म प्रसारको लक्ष्यको लागि सहायक सृजनशक्तिको कवच निर्माण हुन्छन् र उनीहरू बिचको खाली ठाउँ यस ऊर्जाको कणहरूले भरिन्छन् ।

आजकल अधिकांश मानिसहरूले साधना नगर्ने भएकाले तिनीहरूको शरीरको वरिपरि कालो शक्तिको सूक्ष्म-आवरण निरन्तर रहन्छन् । यस प्रकारको अभिवादनमा मानिसबीच शारीरिक सम्पर्क नभएको कारणले यो कालो शक्तिको आवरण एकबाट अर्को व्यक्तिमा सर्दैन ।

दुई व्यक्तिले एक अर्कालाई नछोए पनि मन, बुद्धि र अहंमा अनेक विचार, स्वाभावदोष र भावनाहरू हुन्छन् । यस कारणले गर्दा आज्ञाचक्र र सहस्रार-चक्रहरुबाट धमिलो कालो शक्तिको तरङ्गहरू, साथै कालो शक्तिको कणहरू प्रक्षेपित हुन्छन् । ईश्वरको आन्तरिक सान्निध्यमा होइन तर एक-अर्कासँग वैचारिक एवं भावनिक स्तरमा सम्पर्कमा हुनाले यस्तो हुन्छ ।

यस अभिवादनमा कुनै दिव्य चेतना (चैतन्य) हुँदैन, किनकि ईश्वरसँग कुनै आन्तरिक सान्निध्य हुँदैन तर दुवैबाट दैवी कणहरूको प्रक्षेपण हुन्छन् ।

आध्यात्मिक दृष्टिकोणबाट, अँगालो, चुम्बन वा हस्तमिलाप जस्ता अभिवादनका अन्य सामान्य रूपहरू भन्दा झुकेर अभिवादन बढी लाभदायक हुन्छ। यद्यपि नमस्कारद्वारा अभिवादन गर्ने कृत्यमा सत्वगुणमा वृद्धि हुन्छ, जुन झुकेर अभिवादन गर्दा प्राप्त हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ