arrow

पाकिस्तान भारतसँगको भावी सम्बन्धमा सकारात्मक छ: पाकिस्तानी उच्च आयुक्त

logo
प्रकाशित २०७३ असोज १० सोमबार
Abdul_basit.jpeg
काठमाडौं। उरी हमलापछि भारत र पाकिस्तान उग्र बन्दै गएको अवस्थामा भारत स्थित पाकिस्तानी उच्च आयुक्तले अवस्था थप उत्कर्षमा नपुगोस भनी सकारात्मक अभिव्याक्ति दिएका छन् । 
 
पाकिस्तानी संचार माध्यमसँग कुरा गर्दे पाकिस्तानी अबदुल बासितले पाकिस्तान भारतसँगको भावी सम्बन्धमा सकारात्मक र रचानात्मक रहेको बताएका छन् । 
 
सयुक्त राष्ट्र संघमा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तान पटक-पटक भारतसँग पारस्पारिक सम्बन्ध कायम गर्न र सबै समस्याको हल शान्तिपूर्ण ढंगबाट गर्न चाहेको कुरालाई जोड्दै पाकिस्तान भारतसँग जुहारी खेल्न नचाहेको कुरा प्रष्ट पारेका छन् । 
 
बसिटले १८ जना भारतीय सैनिक जवानको मृत्यु हुने गरी भएको उरी हमलाबारे वास्तविक कुरा पत्ता लगाउन राष्ट्रिय अनुसन्धान संस्थाले छानबिन गरिरहेको बताए । 
 
बसिटले युद्धमा जानु उपयोगी नहुने भन्दै भारतलाई सुझाव दिएका छन् । उनले अवस्था सहीँ दिशातिर लम्किरहेको हुँदा यसलाई सन्तुलित राख्न सके त्यसले अवस्थालाई खराब हुनबाट जोगाउने बताए । 
 
उरी हमलापछि भारत र पाकिस्तानबीच सम्बन्ध खराब हुँदै गएको छ । दुवै मुलुक एकआपसमा आरोप प्रत्यारोप लगाउन व्यस्त छन् । जसले गर्दा यी दुई राष्ट्रबीच युद्ध हुने खतरा बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ