arrow

विमान दुर्घटना हुँदा निरीह भएर बस्न बाध्य भएँ : मुख्यमन्त्री अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २० शनिबार
khagrajadhikari.jpg
फाइल तस्वीर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संघले प्रदेशमा अधिकार नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल कानून समाजद्धारा आयोजित कार्यक्रममा मुख्यमन्त्री अधिकारीले संघीयताबाट प्रदेश सरकारले पाउनुपर्ने अधिकार नपाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

पोखरामा माग १ गते विमान दुर्घटना हुँदा प्रहरीलाई आदेश दिने अधिकार पनि आफूसँग नभएको भन्दै नमिठो अनुभव उनले सुनाए । विमान दुर्घटनास्थलमा पुगेर आफू निरीह बन्नुपरेको भन्दै प्रदेश प्रहरी आवश्यक भएको बताए । 

उहाँले आपतविपत पर्दा प्रहरी परिचालन गर्न नसकेको गुनासो गरे । जहाज दुर्घटना हुँदा आफू १५ मिनटेमा घटनास्थलमा पुगेको तर त्यहाँ पुगेर प्रहरीलाई आदेश दिन नपाएको दुःखेसो पोखे । 

आफू दुर्घटना स्थलमा दौरा सुरुवाल लगाएर पुगेको र नमस्कार गर्दै बाटो छाड्नुस् भन्न बाहेक अन्य केही गर्न नसकेको भन्दै उनले त्यहाँ रेस्क्यु छिटो गर्ने कुरा केही गर्न नसेकेको बताए । 

अधिकारीले यस्ता दुर्घटनामा प्रदेश सरकार निरीह बन्नुपरेको अवस्था आएको भन्दै संघीयता भनेको सबैले बुझ्ने प्रदेश संरचना भएको स्पष्ट पारे । स्थानीय सरकारमा गाविस, गाउँपञ्चायत पनि भएको भन्दै उनले यसरी आश्रित भएर बस्नुपर्ने संघीयता नचाहिने जिकिर गरे । 

प्रदेश सरकारसँग आफ्नौ राजस्वको स्रोत पनि नभएको भन्दै मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारसँग आफ्नै जग्गामा भवन पनि नभएकोकाले छट्टै मुख्यमन्त्रीहरुको सम्मेलन गर्ने तयारी गरेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ