arrow

प्युठानमा एमालेको ग्राट रुटमा अभियानमा सहभागी हुन जाँदै गर्दा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २० शनिबार
CPN-UML-Flag.jpeg

प्युठान । नेकपा एमालेद्धारा सञ्चालिन ग्रास रुट अभियानमा भाग लिन जाँदै गर्दा प्युठानमा एक जनाको दुर्घटनाबाट मृत्यु भएको छ ।

माण्डवी गाउँपालिका–५ आपचौरमा जेसीबी र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा गोपाल थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटोमा काम गरिरहेको जेसीबीमा मोटरसाइकल ठोक्किदा ऐरावती –२ टिकुरी बस्ने गोपाल भनिने रामबहादुर थापाको मृत्यु भएको हो भने सो मोटरसाइकलमा सबार कमला भुसाल भने घाइते भएकी छिन् । घाइते भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल ‘मिसन ग्रास रुट’ कार्यक्रमका लागि रानीबगरमा आयोजना भएको वडास्तरीय कार्यक्रममा सहभागी हुन जाँदै थिए । उक्त घटनापछि एमालेले कार्यक्रम स्थगित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ