arrow

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार

सुन्दरहरैँचा । लामो समयदेखि बन्द अवस्थामा रहेको  विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त  हल  सञ्चालनमा आएको हो । सो हलमा  नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म  निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए ।

उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरूरी छ भने ।

तीन  लगानी कर्ताको रु चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको निर्माता उनले बताए । सो हलमा एक सय ३० सिट क्षमता  छ । हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गरेका थिए ।

सञ्चालक बस्नेतले भने, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।” सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएको र  त्यो अभावलाइ विराट सिनेले पूरा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल हुने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ