arrow

शाहरुखको पठानले कमाइमा बाहुबलीलाई जित्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
pathan-poster.jpg

काठमाडौं। शाहरुख खानको फिल्मले भारतमा नयाँ कीर्तिमान कायम गरेको छ ।  पठानले रिलिज भएको ३८ दिनमा ५११.७० करोड भारतीय रुपैयाँ कमाएको छ ।

योसँगै पठान अहिलेसम्म सबैभन्दा धेरै कमाउने फिल्म बानेको छ । यसअघि बाहुबली २ को हिन्दी संस्करणको ५१०.९० करोड कमाएर कीर्तिमान बनाएको थियो ।

 पठानको तमिल र तेलुगु अङ्क जोड्दा कुल घरेलु कलेक्सन ५२९.९६ करोड पुगेको छ । विश्वव्यापी कलेक्सनको कुरा गर्दा फिल्मको कुल व्यापार १ हजार २६ करोड भारतीय रुपैयाँ पुगेको छ । विश्वव्यापी कलेक्सनको हिसाबले अहिले आमिर खानको फिल्म दंगल पठानभन्दा अगाडि छ । दंगलले २ हजार २४ करोड कमाएको थियो ।

शाहरुखले पठान मार्फत चार वर्षपछि कमब्याक गरेका हुन्  । पठानले रिलिज भएको ३८ दिनमा पनि राम्रो व्यापार गरिरहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ