arrow

प्रयोगकर्तालाई अवरोध पुगेको भन्दै टेलिकम चिन्तित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
nepal-telecom_1617944918.png
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल टेलिकमले अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी अत्याधुनिक दूरसञ्चार सेवाहरु सुलभ दरमा उपलब्ध गराइरहेको जनाएको छ । 

अन्य विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको भन्दै टेलिकमले यसबाट पुग्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको छ । 

टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यसबाट अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु केही अवधिका लागि उपयोग गर्नबाट हजारौं प्रयोगकर्ताहरु तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ । यही क्रममा काठमाडौं उपत्यकाकाको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित गुम्बाचोकमा वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा कम्पनीका संरचनामा क्षति पुगेको छ । वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा एरियल केबलमा क्षति पुगेकाले गुम्बाचोकका सयौं यस कम्पनीका सेवाग्राही एक्कासी टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाबाट वञ्चित हुनुपरेको छ ।’

उसले अगाडि भनेको छ, ‘नेपाल टेलिकमले पटक पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रति कम्पनी दुख व्यक्त गर्दछ ।’

टेलिकमले अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग अनुरोधसमेत गरेको छ । 

सेवा प्रवाहमा समस्या आएको सो क्षेत्रमा कम्पनीले यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी गरेको भन्दै टेलिकम भन्छ, ‘सेवाग्राहीहरु निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने यस अवस्थाप्रति कम्पनी क्षमाप्रार्थी हुनुका साथै कम्पनीका सेवा प्रयोगमा निरन्तरताको अपेक्षा गर्दछौं ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ