- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमडौं । लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीमा सुधारको माग गर्दै लोकतान्त्रिक नागरिक अभियानले ११ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन जारी राखेको छ ।
प्राथमिक निर्वाचन, नो भोट र प्रतिनिधि फिर्ता बोलाइनुपर्ने लगायत माग पनि सो अभियानले गरेको छ । पूर्ण न्यायसहितको लोकतन्त्र र नेपाली नागरिकलाई मतदानको अधिकारको सुनिश्चितता लगायतका मुद्दा सम्बोधन नभएसम्म अनशन जारी रहने अभियानका संयोजक नन्दराज उपाध्यायले बताए ।
सो अनसनमा जय महाङ्काल युवा समूहले पनि समर्थन जनाएको छ ।