arrow

राष्ट्रपति निर्वाचन

प्रचारप्रसार निषेध अवधि : के गर्न पाइँदैन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
sital-niwas.jpeg

काठमाडौं । सोमबार रातिदेखि राष्ट्रपति निर्वाचनको निषेध अवधि शुरु भएको छ । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि  सोमबार  राति १२ बजेदेखि निर्वाचन आयोगले प्रचारप्रसारमा निषेध गरेको हो ।  फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने छ  ।

सो अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।

निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित–हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न रोक लगाइएको छ ।

 आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनमा आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मैदानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ