arrow

रेलसंग जीप ठोकियो, १३ को मृत्यु

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
train_accident_jahrkhand.jpg.jpeg
एजेन्सी । भारतको झारखण्डको रामगढ जिल्लामा भुरकुंडा रेल स्टेशन नजिकै जीप रेलसंग ठोकिन पुग्दा १३ जनाको मृत्यु भएको छ । हावडा–भोपाल एक्सप्रेस रेलसंग जीप ठोकिएपछि दुर्घटना भएको हो । मृत्यु हुने तीन देखि पाँच वर्ष उमेरका ६ बच्चा, ४ महिला र ३ पुरुष पुरुष छन् । रामगढको प्रहरीले घटनाको पुष्टी गरेको छ । 
 
घटना भएको समयमा जीज अनाधिकृत रुपमा रेलवे लाइन पार गर्ने बेला रेलको चपेटामा परेको हो । रेलसंग ठोकिएको जीपलाई रेलले करिब सय किलोमिटर सम्म घचेटेको थियो । प्रहरी अधिकारीले रेलसंग ठोकिएको जीप चालकको पहिचान भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ