arrow

जी२० सँगै नयाँ दिल्लीमा क्‍वाड विदेशमन्त्रीहरूको बैठक, झस्कियो चीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
g20-quard-foreign-ministers-meet.jpg

नयाँ दिल्ली। भारतले विश्वका २० ठूला औद्योगिक राष्ट्रहरूको अध्यक्षता गरेसँगै राजधानी नयाँ दिल्लीमा कूटनीतिक सरगर्मी बढेको छ। नयाँ दिल्लीमा पछिल्लो समय विश्वका शक्तिशाली राष्ट्रका विदेशमन्त्रीहरुको भेला भएको छ।

हालै नयाँ दिल्लीमा सम्पन्न जी२० राष्ट्रका विदेशमन्त्रीहरुको भेलाले यी राष्ट्रका प्रतिनिधिहरूलाई उनीहरू र सम्पूर्ण विश्व समुदायको साझा चासोका धेरै मुद्दाहरूको समाधान निकाल्ने अवसर प्रदान गरेको छ।

रुस र युक्रेनबीचको युद्ध अहिले दोस्रो वर्षमा प्रवेश गरेको छ भने यसको तत्काल अन्त्यको सम्भावना पनि देखिएको छैन। जी२० विदेशमन्त्रीहरुको भेलामा युक्रेन युद्धको विषयलाई उठाइए पनि यसका लागि कुनै ठोस समाधानका लागि निष्कर्ष निकालिएको छैन।

हालै चीनले युक्रेन र रुसबीच मध्यस्थता गर्न सहयोग गर्ने इच्छा देखाए पनि यसले खासै गति लिन सकेको छैन। मस्कोसँग बेइजिङको घनिष्ठ सम्बन्ध कम्तीमा एउटा कारण भएको बताइएको छ।

अर्कोतर्फ, चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्ने सम्भावना छ। र यसले थप खतराको स्थिति सिर्जना गर्ने जोखिम बढेको छ। जी२० बैठकमा सहभागी अधिकांश सदस्य राष्ट्रहरूले युक्रेनको युद्धको कडा निन्दा गरेका छन् र यसले ठूलो मानवीय पीडा निम्त्याउने चेतावनी दिएका छन्।

जी२० सदस्य राष्ट्रको साइड लाइनमा क्‍वाड सदस्य राष्ट्रहरूको बैठक भएको छ। यसैबीच, क्वाड विदेश मन्त्रीहरूले आफ्नो संयुक्त विज्ञप्ति जारी गरी कुनै पनि किसिमको अराजकतालाई स्वीकार गर्न नसकिने दृढता पुष्टि गरेका छन्। यसका सदस्यहरूले स्वतन्त्र र खुला इन्डो-प्यासिफिकलाई समर्थन गर्न क्वाडको दृढ प्रतिबद्ध, समावेशी र लचिलो रहेको बताएका छन्।

जी२० साइडलाइनमा भएको क्‍वाड सदस्य राष्ट्रहरूको बैठकले बेइजिङलाई भने झस्काएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेका छन्, 'हामी सधैँ विश्वास गर्छौँ कि देशहरू बीचको सहयोग समयको शान्ति र विकासको प्रवृत्ति अनुरूप हुनुपर्छ र विशेष 'साना गुटहरू' मा सीमित हुनु हुँदैन।'
 



नयाँ