arrow

भोलि राष्ट्रपति निर्वाचन, यस्तो छ तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
ramchandra-poudel-subash-nemwang.jpg

काठमाडौं। भोलि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ। नयाँ राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

वरिष्ठ नेता पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका छन् ।  बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचन हुनेछ ।

ल्होत्से हलमा  निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको छ ।  

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् ।

निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मत भार कायम गरिएको छ ।

निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् ।   

आठ दलले निर्वाचनको तयारीका लागि आफ्ना प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सबै प्रदेश सभा सदस्यलाई आज बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ