arrow

यी हुन् नारी दिवसका प्रतीक रङ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
womens-international-day-colours.jpg

काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभरसहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर नारी दिवस धुमधामले मनाइँदै छ । संयुक्त राष्ट्र संघबाट ‘डिजिटल, इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ नारा तय भएको छ । 

नेपालमा भने ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । 

अन्तर्राष्ट्रिय महिला दिवसको वेबसाइटका अनुसार प्याजी, हरियो र सेतो रङ महिला दिवसको प्रतीकका रुपमा मान्ने प्रचलन छ । प्याजी रङले न्याय र गरिमा इङ्गित गर्दछ भने हरियो रङलाई आशाको प्रतीकका रुपमा लिइन्छ ।  

सेतो रङले  भने पवित्रताको प्रतिनिधित्व गर्ने महिलावादी तथा लेखकहरुको भनाइ रहँदै आएको छ । यद्यपि यो सर्वस्वीकार्य धारणा भने होइन । केही महिलावादी, अभियन्ता तथा लेखकहरू यी तीनवटा रङलाई प्रतीक रङको रुपमा विश्वास गर्दछन् र मार्च ८ मा यी रङको पोशाक लगाएर प्लेकार्डसहित विभिन्न कार्यक्रम गर्ने गरिन्छ । 

 सन् १९०८ मा बेलायतमा महिलाहरूको सामाजिक र राजनीतिक संघ संगठनहरूबाट यी प्रतीक रङको अवधारणा शुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ