arrow

ताइवानकी राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
Kevin-McCarthy-Tsai-Ing-wen.jpg

काठमाडौं। अमेरिकी सभामुख केभिन म्याकार्थीले यस वर्ष ताइवानकी राष्ट्रपतिसँग यस वर्ष अमेरिकामा भेट गर्ने योजनाको पुष्टि गरेका छन्। म्याकार्थीले मंगलबार साँझ पत्रकारहरूसँग कुरा गर्दै ताइवानकी राष्ट्रपति साई इंग वेनलाई भेट्ने आफ्नो योजना पुष्टि गरेका हुन्।

उनले यो निर्णय बेइजिङलाई सन्तुष्ट पार्ने प्रयास नभएको र आफुले स्वशासित टापुको छुट्टै भ्रमण गर्ने कुरा पनि यसले तय नगर्ने बताएका छन्।

उनले भनेका छन्,'चीनले मलाई कहाँ र कहिले जान सक्छु भन्न सक्दैन,' म्याकार्थीले भनेका छन्।

म्याकार्थीको पूर्ववर्ती न्यान्सी पेलोसीले गत वर्षको अगस्टमा टापुको भ्रमण गर्दा २५ वर्षमा ताइवान भ्रमण गर्ने उच्च श्रेणीकी अधिकारी बनेकी थिइन्। तर, उनको यात्राले बेइजिङमा क्रोध निम्त्याएको थियो।

चीनले टापुको नियन्त्रण लिन शक्ति प्रयोग गर्ने कुरा अस्वीकार गरेको छैन। पेलोसीको भ्रमणको बदलामा बेइजिङले ताइवान स्ट्रेटमा धेरै दिनसम्म सैन्य अभ्यास गरेको थियो।

गत जनवरीमा सभामुखको रूपमा पदभार ग्रहण गरेदेखि म्याककार्थीले पनि ताइवान टापु भ्रमण गर्न चाहने सङ्केत गरेका छन्।

फाइनान्सियल टाइम्सका अनुसार अमेरिकी भूमिमा साई इंग वेनसँगको बैठक सभामुख म्याककार्थीसँग पहिलो हुन सक्छ। किनभने ताइवानी राष्ट्रपति साई इंग वेनले आउँदो अप्रिलमा नै क्यालिफोर्निया र न्यूयोर्कमा कूटनीतिक सहयोगीहरूलाई भेट्ने योजना बनाएकी छन्।

ताइवानको राष्ट्रपति कार्यालयले मिडिया सोधपुछको जवाफ दिँदै एक संक्षिप्त बयानमा 'ट्रान्जिट व्यवस्था' धेरै वर्षदेखि रहेको जनाएको छ, तथापि अमेरिकाको नाम भने उल्लेख गरेको छैन।

'अहिले, विभिन्न विभागहरू सञ्चार र सान्दर्भिक योजनाहरूको तयारीमा छन्, र योजनालाई अन्तिम रूप दिए पछि सम्बन्धित यात्रा कार्यक्रमको योजना समयमै स्पष्ट गरिनेछ,' वक्तव्यमा भनिएको छ।

जनवरीको अन्त्यमा चीनको विदेश मन्त्रालयले अमेरिकी अधिकारीहरूलाई एक चीन सिद्धान्तको पालना गर्न र अन्तर्राष्ट्रिय सम्बन्धमा आधारभूत मान्यताहरू उल्लङ्घन गर्ने कुनै पनि काम नगर्न आग्रह गरेको थियो।

बेइजिङको लागि एक चीन सिद्धान्त भनेको ताइवानसहितको चीन हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ