arrow

अमेरिकाको नर्थ क्यारोलिना राज्यको कफ्र्यु हटाइयो

logo
प्रकाशित २०७३ असोज १० सोमबार
america-north.jpeg
वासिङटन। अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लाोट महानगरमा जातीय रङ्गभेद भड्किई उत्पन्न भएको व्यापक हुलदङ्गा र अनियन्त्रणिय हिंसाका कारण गतः बिहीबारदेखि लगाइएको कफ्र्यु स्थानीय समयाअनुसार आइतबार रातिबाट हटाइएको छ । 
 
कफ्र्यु हटाइए तापनि विरोध प्रदर्शन भने महानगरभरी छैठौँ दिनसम्म पनि जारी नै रहेको छ । गतः मङ्गलबार अफ्रिकी मूलका एक अश्वेत अमेरिकी नागरिक किथ लामोन्ट स्कटलाई नर्थ क्यारोलिना प्रहरीले प्रहार गरेको गोलीबाट मृत्यु भएको थियो । 
 
उनको मृत्यु भएपछि हजारौँको सङ्ख्यामा स्थानीय अश्वेत जनता भेला भई प्रहरी र श्वेतवर्णका जनसमुदाय विरुद्ध दुई दिनसम्म लगातार विरोध प्रदर्शन गरेकाले व्यापक हिंसा भड्किन गएका कारण सङ्कटकाल घोषणा गरिएको थियो । त्यसको लगत्तै कफ्र्यु जारी गर्नुपरेको थियो । 
 
सार्लोट महानगरकी मेयर जेनिफर रोबर्टर्स र बोर्ड अफ काउन्टि कमिसनरका अध्यक्ष ट्रेभर फुलरले आ(आफ्ना अनलाइन ट्वीटरमार्फत् स्थानीय समयानुसार आइतबार रातिदेखि लागू हुनेगरी कफ्र्यु हटाइएको प्रष्ट पारेका छन् । 
 
 
कफ्र्युु हटाइए तापनि कुनै बखत फेरि पनि अनियन्त्रणिय हुलदङ्गा र हिंसात्मक झडप हुने स्थिति अझै कायम रहेको आशङ्का गरिएको छ । 
 
गतः आइतबार साँझ सार्लोट नगरको बैंक अफ अमेरिका खेलमैदानमा क्यारोलिना प्यान्थर टिम र माइनसोटा भाइकिङग टिमबीच फुटबल खेलको प्रतिस्पर्धा भएका बखत रङ्गशाला बाहिर एकसय भन्दा बढी आक्रोशित प्रदर्शनकारी जम्मा भई हुलदङ्गा मच्चाउन खोजेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 
 
सार्लोट महानगरमा सङ्कटकाल लागू भएपछि अराजक स्थिति उत्पन्न हुन नदिन स्थानीय प्रहरी बलले नपुगेर नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याकक्रोरिको आदेशमा भारी सङ्ख्यामा नेसनल गार्ड र हाइवे प्याट्रोल फोर्सका सुरक्षाकर्मी परिचालन गरिएका थिए । 
 
कफ्र्यु हटाइए पश्चात् हिंसा मत्थर भए तापनि जनआक्रोश कायमै रहेको र अश्वेत अमेरिकीले प्रहरी तथा श्वेत अमेरिकीप्रति नराम्ररी घृणाको दृष्टिले हेर्ने गरेको जनाइएको छ । 
प्रदर्शनकारीले न्यायको माग गर्दै अश्वेतप्रति प्रहरीले जहिले पनि हेला र ज्यादती गर्ने गरेको भन्दै मृतक किथ लामोन्ट स्कटलाई प्रहरीले गोली हानेको बखतको भिडियो रेकर्ड पारदर्शी रुपमा सार्वजनिक गर्न माग गरेका छन् । 
 
त्यस्तै सार्लोट महानगरकी मेयर जेनिफर रोबर्टर्सले स्थानीय सबैलाई आपसमा सामाजिक सद्भाव कायम राख्न आह्वान गर्नुभएको छ । रासस ÷सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ