arrow

मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाइएको छ । मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।

‘मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाइएमा कानूनअनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाईने छैन ।’

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ भने रास्वपाको बैठक अहिले बस्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ