arrow

रहेनन् 'तेरे नाम' का निर्देशक सतीश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
satish-kausik.jpg

काठमाडौं । सन् २००३ मा आएको बलिउड सुपरहिट चलचित्र तेरे नामका निर्देशकको निधन भएको छ ।

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा बुधबार निधन भएको अभिनेता अनुपम खेरले पुष्टि गरेका छन् ।

सलमान खान अभिनीत तेरे नाम चलचित्रले त्यस समय ठुलो सफलता कमाएको थियो ।

'रूप के रानी चोरोंका राजा (१९९३)का फिल्मबाट निर्देशनमा आएका कौशिकले 'हम आपके दिलमे रहेते है(१९९९),'तेरे नाम (२००३)जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।

 सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।

बलिउडमा आउनुअघि उनले नाट्यशालाहरूमा अभिनय गर्थे । उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभिनय सिकेका थिए ।

कौशिकले अभिनय गरेका मिस्टर इन्डिया-१९८७, दिवाना मस्ताना-१९९७ चर्चित फिल्म हुन् । उनले सन् १९९० मा 'रामलखन' र सन् १९९७ मा 'साजन चले ससुराल' फिल्मबाट फिल्म फेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।

दुई दिन अघि मात्रै जावेद अख्तरले जानकी कुटीर जुहुमा आयोजना गरेको होली पार्टीमा उनले होली खेलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ