arrow

मतदाताले पाँचमध्ये एउटा परिचयपत्र देखाउनु पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
president-election-parliament-2079-11-25a.jpg

काठमाडौं । निर्वाचन आयोगले आजको राष्ट्रपति निर्वाचनका आफ्नो नाम उल्लेख भएको पाँचमध्ये एक परिचय पत्र लिएर मतदानस्थलमा जानुपर्नेछ ।

राष्ट्रपति पद निर्वाचनमा मतदाताहरूले मतदान गर्न आयोगले स्पष्ट रुपमा कानूनी ब्यवस्था गरेको भन्दै पाँच वटामध्ये एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो ।

जसअनुसार निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र,  सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नुअघि देखाउनु पर्नेछ । 

सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदानस्थलमा जानु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आजको राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ