arrow

नेमकिपाले गर्‍यो मतदान बहिस्कार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
nemakipa-party.jpg

भक्तपुर । राष्ट्रपति निर्वाचनमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) मतदानमा सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेको तर्फबाट उम्मेदवार बनेका दुवै उम्मेदवारबीच तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी खारेजीको विषय लगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदवारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीले जनाएको छ । 

पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमती प्रदेशसभा सदस्य छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ