arrow

राष्ट्रपति निर्वाचन : कति खस्यो मत ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
ramchandra-poudel-subashchandra-nemwang-election.jpg

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ ।  नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा बिहान १० बजेदेखि मतदान जारी रहेको छ ।

मतदानमा दिउँसो १२ बजेसम्ममा ४ सय ६० मत खसेको छ । सङ्घीय सदस्यतर्फका दुई सय २०  र प्रदेशसभातर्फ दुई सय ६०  सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार छन् ।      

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र  प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ