arrow

मतदान सकियो, मतगणना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
ramchandra-poudel-subashchandra-nemwang-election.jpg

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि भएको मतदान सकिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । 

सांसदहरुले छोटो समयमै मत खसालेर फर्केका थिए । दुई जनामात्र उम्मेदवार भएका कारणले पनि कुनै झण्झट नभएकाले छिटो छरितो रुपमा सांसदहरुले मत खसालेर फर्केका थिए । 

दिउँसो ३ः३० बजेपछि मतगणना शुरु हुने जनाइएको छ । नयाँ बानेश्वरको संसद भवनमा भएको मतदानपछि मतगणना पनि सोही स्थलमै हुनेछ । 

निर्वाचन आयोगले बेलुकी ७ बजेसम्ममा मतपरिणाम आइसक्ने जनाएको छ । मतभार फरक पर्ने भएकाले संघीय र प्रदेशको मतपत्रलाई छुट्टाछुट्टै नै गणना गर्न लागिएको हो । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन् । 

पौडेललाई नौ दलीय गठबन्धनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत मत दिने निर्णय गरेकाले पौडेलको जित सुनिश्चित जस्तै भएको छ । 

नेम्वाङलाई एमालेले मात्र भोट हालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाल मजदूर किसान पार्टी नेमकिपाले चुनाव बहिस्कार गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ