arrow

राष्ट्रपति निर्वाचनको मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
matgadana-president.jpg

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना शुरु भएको छ । दिउँसो पौने ४ बजेपछि मतगणना शुरु भएको हो । यसअपिघ बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । 

कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ सांसद रहेकोमा ३१३ मत खसेको छ।  राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टीले पौडेललाई मत हालेको छ भने राप्रपा र नेमकिपाले मतदान प्रक्रियामा भाग लिएनन् । स्वतन्त्र उम्मेदवारलेसमेत पौडेललाई मत हालेको बुझिएको छ । 

यसअघि सांसदहरुले छोटो समयमै मत खसालेर फर्केका थिए । दुई जनामात्र उम्मेदवार भएका कारणले पनि कुनै झण्झट नभएकाले छिटो छरितो रुपमा सांसदहरुले मत खसालेर फर्केका थिए । 

नयाँ बानेश्वरको संसद भवनमा भएको मतदानपछि मतगणना पनि सोही स्थलमै भइरहेको हो ।

निर्वाचन आयोगले बेलुकी ७ बजेसम्ममा मतपरिणाम आइसक्ने जनाएको छ । मतभार फरक पर्ने भएकाले संघीय र प्रदेशको मतपत्रलाई छुट्टाछुट्टै नै गणना गरिएको छ । 

पौडेललाई नौ दलीय गठबन्धनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत मत दिने निर्णय गरेकाले पौडेलको जित सुनिश्चित जस्तै भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ