arrow

मुलुकले नयाँ राष्ट्रपति पाउँदै गर्दा बहार आयो शेयर बजारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मुलुकले नयाँ राष्ट्रपति पाउँदै गर्दा शेयर बजारले भने नयाँ राष्ट्रपतिलाई स्वागत गरेको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार ५०.०४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.५६ प्रतिशतले उकालो लागेको हो । 

बिहीबार ५०.०४ अंकले उकालो लागेर शेयर बजार २००२.७० बिन्दुमा रोकिएको हो ।  यस्तै, सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० विन्दुमा आएको छ । ४५ लाख ६६  हजार  ४३ कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ५६  करोड ५५ लाख बढीको कारोबार भएको छ ।

शिभम् पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको ९  प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

यता,  शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ७ करोड ८५ लाख भन्दामाथिको कारोबार भएको छ । यता हिमालय डिस्ट्रिलरीको ५ करोड ७३ लाखबढीको कारोबार भएको छ ।

बिहीबार सबै उपसूचकहरुमा उकालो लागेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ