- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन् ।
पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए । नेम्वाङले १५ हजार ५१८ मतभार मात्रै ल्याए । पौडेललाई संघतर्फबाट १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको हो । त्यस्तै नेम्वाङलाई संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ।
पौडेललाई नौ दलीय गठबन्धनसँगै रास्वपा र स्वतन्त्र सांसदहरुको मत आएको हो भने नेम्वाङलाई एमालेको मात्र मत आएको हो ।
राप्रपा र नेमकिपाले भने राष्ट्रपति निर्वाचन वहिस्कार गरेका थिए ।