arrow

यी हुन् राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने सांसदहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
president-election-nepal1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति चयनका लागि बिहीबार भएको निर्वाचनमा ५१ जना मतदाता (सांसद) अनुपस्थित भएका छन् । राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ । बिहीबार भएको निर्वाचनमा संघीय सांसदतर्फबाट १९ जना र प्रदेश सभातर्फबाट ३२ जना अनुपस्थित भएका छन् ।

राष्ट्रपति निर्वाचनमा कुल ८८२ मतदाता छन् । तर मतदानमा भने ८३१ मत खसेको छ । निर्वाचन आयोगका अनुसार संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो । 

प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्य छन् । यसमध्ये बिरामीद्वय नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी र माओवादी केन्द्रका वर्षमान पुन र  मुद्दा विचाराधीन अवस्थामा रहेकाले एमालेका लक्ष्मीमहतो कोइरी अनुपस्थित रहे भने जसपा सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ। 

यसैगरी राप्रपाका १४ जना सांसदहरु राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशाले राष्ट्रपति निर्वाचनलाई बहिस्कार गरे । उनीहरुले पार्टीको निर्णयअनुसार बहिस्कार गरेका हुन् । 

राष्ट्रपति चयन प्रक्रियामा नेपाल मजदूर किसान पार्टीका एकल सांसद प्रेम सुवालले बहिस्कार गरे ।  तटस्थ रहे।  

प्रदेशतर्फ ३२ जनामध्ये राप्रपाका २८, नेमकिपाका ३ र जसपाका एक सदस्यले निर्वाचन प्रक्रियामा सहभागी भएनन् । 

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनले एमालेका सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ