arrow

परीक्षणको चार प्रतिशतमा कोरोना, बुस्टर डोज लगाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
corona-omicron-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बिहीबार एकैदिन चार जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १०३ जनाको परीक्षण गरेकामा चार जनामा संक्रमण देखिएको हो । अर्थात् परीक्षणको चार प्रतिशतमा संक्रमण भएको पाइएको हो । 

त्यसैगरी दुई जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ६ रहेको छ । 

आज ५ हजार ६१२ जनाले खोप लगाएका छन् । सरकारले पूर्णमात्रा खोप लगाएको तीन महिना पुगेका र पहिले बुस्टर डोज लगाउन छुटेकाहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ । 

सरकारको प्राथमिकतामा ५५ वर्षमाथिका सबै परेका छन् । त्यस्तै स्वास्थ्यकर्मी, गर्भवती तथा १२ वर्षमाथिका दीर्घरोगीसँगै रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई खोप लगाउन पनि आग्रह गरिएको छ । 

मन्त्रालयका अनुसार संक्रमण भएकाहरुले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लगाउन सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ