arrow

पीएनजी र यूएई मैदानमा, यूएईलाई जित्नैपर्ने दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
uae-png-2023003-10.jpeg

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटमा अहिले पपुवा न्युगिनी (पीएनजी) र युनाइटेड अरब इमिरेट्स (यूएई) खेलिरहेका छन् । विश्वकपमा सिधै छनोटको झिनो सम्भावना जीवितै राख्न यूएईलाई यो खेल जित्नैपर्ने दबाब छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा यूएईले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यसअघि हिजो भएको पहिलो खेलमा पीएनजीलाई नेपालले ५२ रनले हराएको थियो । 

अबको समीकरण 
यही प्रतियोगितापछि नै विश्वकप छनोटमा पुग्ने तीन टोली, एक दिवसीयमा कायम रहने पाँच टोली र एक दिवसीयबाट बाहिरिने दुई टोलीको टुंगो लाग्नेछ । 

नेपाललाई विश्वकप छनोट खेल्ने सबैभन्दा ठूलो अवसर छ । घरेलु मैदान र घरेलु दर्शकको साथले गर्दा बलियो देखिएको नेपालले सबै चार खेल जित्ने हो भने विश्वकप छनोट खेल्नेछ । 

१२ औं खेलाडीका रुपमा दर्शकलाई लिने गरिन्छ । र एसोसिएट राष्ट्रमा सबैभन्दा बढी दर्शक भएको देश नेपाल नै हो । नेपाललाई यो भन्दा बढी अवसर कुनै पनि हुनै सक्दैन । 

यूएईलाई भने निकै नै कठिनाइ छ । किनकि उसले १२ औं खेलाडीको हौसला पाउँदैन । 

अंक तालिका
सात राष्ट्रमध्ये पुछारका तीन टिम बाहेक सबैले आफ्नो सबै खेल खेलेका छन् । शीर्ष स्थानको स्कटल्याण्ड ३६ खेलबाट ५० अंकसहित च्याम्पियन बनिसकेको छ । ४४ अंकबाट दोस्रो स्थानको ओमान पनि विश्वकप छनोटमा सुरक्षित भैसकेको छ । 

तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 

पाँचौं स्थानको नेपालको ३३ खेलबाट ३४ अंक भएको छ । यूएईको ३२ खेलबाट ३१ अंक छ भने पीएनजीको ३३ खेलबाट ९ अंक छ । 

अब पुछारका तीन टिमले आपसमा २–२ खेल खेल्नेछन् । नेपालले सबै चार खेल जित्दा ४० अंक हुनेछ र तेस्रो स्थानमा रहेर जिम्बावेमा हुने छनोट खेल्नेछ । यदि मौसमका कारण कुनै एक खेलमा बराबरी गरी अंक बाँडेर बाँकी सबै खेल जित्यो भने रन रेटमा नामिबिया भन्दा माथि हुनुपर्नेछ । अन्यथा कुनै एक खेल हार्नासाथ विश्वकप छनोटमा सिधै खेल्ने अवसरबाट बाहिरिने छ । 

त्यस्तै यूएईले पनि सबै खेल जितेरमात्र हुँदैन रन रेट राम्रो भएमात्र नामिबियालाई पछाडि पार्दै विश्वकप छनोटमा सिधै छानिने छ । 

त्यस्तै नेपाल र यूएईले एक दिवसीयमा रहिरहनका लागि दुई खेल जित्नैपर्ने हुन्छ । किनकि शीर्ष पाँचमा रहने टिममात्र एक दिवसीयमा रहन पाउने छन् । पुछारका दुई टिम बाहिरिने छन् । यसका लागि भने अब नेपालले एक खेल जितेमात्र पनि पुग्नेछ । 

पीएनजी एक दिवसीयबाट बाहिरिएको छ भने अब अमेरिका, यूएई र नेपालमध्ये एक टिम बाहिरिने छ । 

विश्वकप लिग २ का बाँकी खेलहरु
फागुन २८ गते आइतबार नेपाल र यूएई, कीर्तिपुर मैदान । 
फागुन २९ गते सोमबार नेपाल र पीएनजी, कीर्तिपुर मैदान । 
चैत १ गते बुधबार पीएनजी र यूएई, कीर्तिपुर मैदान । 
चैत २ गते बिहीबार नेपाल र यूएई, कीर्तिपुर मैदान 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ