arrow

खसआर्यबाहेक वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्वाचन आयोगको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि खसआर्यबाहेकका समुदाय वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । 

राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले अब उपराष्ट्रपतिमा खसआर्यबाहेक समुदायका वा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । 

शुक्रबार बसेको आयोगको बैठकले खसआर्य समुदायबाहेक वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । 

३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ