arrow

राष्ट्रपतिलाई बुझाइयो राष्ट्रपति निर्वाचनको परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
vidya-dinesh-kumar-thapaliya.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको परिणाम बुझाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार हस्तान्तरण गरेका हुन् । 

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनले एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई दोब्बरबढी मतान्तरले पराजित गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ