arrow

उपराष्ट्रपति निर्वाचन

आज मनोनयन दर्तादेखि सूची प्रकाशनसम्म

गठबन्धनमा असहमति ब्याप्त, एमाले सचिवालय बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
parties-chair-कुर्सी.jpg

काठमाडौं । राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया शुरु गरेको छ । जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुट्याएको छ ।

आज बिहान ९ बजेदेखि २ बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुट्याएको हो । आयोगका अनुसार नयाँ बानेश्वरको संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ । 

यसैगरी आजै उपराष्ट्रपति पदमा मनोनयन पत्र दर्ता भएको सूचना जारी गर्नेदेखि उम्मेदवारको नाम सार्वजनिक गर्ने, दाबी विरोध गर्नेसम्मको कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

उम्मेदवारको टुंगो भने अझै दलहरुले लगाउन सकेका छैनन् । आठ दलीय गठबन्धनभित्र तीन दलले उपराष्ट्रपतिका लागि दाबी गरिसकेका छन् । त्यस्तै एमालेले पनि अझै टुंगो लगाएको छैन । अहिले बिहान दलका बैठकहरु बस्दैछन् । गठबन्धनमा असहमति ब्याप्त देखिएको छ । 

एमालेले सचिवालय बैठक डाकेर उम्मेदवारको टुंगो लगाउँदैछ । त्यस्तै आठ दलको कार्यदलले पनि हिजो टुंग्याउन नसकेको प्रयास अहिले गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ