arrow

जनमतबाट ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
mamata-jha-janamat-uparastrapati.jpg

काठमाडौं । सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । 

बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।

सहमति नबनेपछि जनमत र जसपाबाट दुवै जनाले उम्मेदवारी दिने सहमति भएको थियो । यद्यपि एक जनालाई उम्मेदवारी फिर्ता लिन लगाउने प्रयास भइरहेकोसमेत बुझिएको छ । 

तर जसपा र जनमतबीच आन्तरिक टकराव भएकाले पनि कुनै हालतमा एक अर्काले उम्मेदवारी फिर्ता नलिने बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ