arrow

दोस्रोपटक उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
astalaxmi-vice-president-candidate-2079.jpg

काठमाडौं । नेकपा एमालेकी उपाध्यष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय नयाँबानेश्वर पुगे नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् । 

नेताहरु सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि सँगसँगै रहेका छन् । 

एमाले सचिवायल बैठकले आज बिहानमात्र शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । 

यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ