arrow

एकैदिन थपिए केही महिनादेखिकै सबैभन्दा बढी कोरोना संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा केही महिनादेखिकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सय जनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सोही अवधिमा ३ हजार ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो । तर त्यसको अघिल्लो दिन संक्रमित बढेका थिए । 

भारतमा एक साताको अवधिमा ६३ प्रतिशत संक्रमित बढिरहँदा नेपालमा पनि बढ्दो क्रममा रहेको अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ