arrow

रामसहायविरुद्ध उजुरी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
ramsahaya-yadav-vice-president-candidate.jpg

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानूनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो ।

उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य (बोहरा) का प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् ।

यादवको उम्मेदवारी कानून विपरीत रहेको एमालेको दाबी छ । 

एमालेको उृजुरीमा भनिएको छ, ‘राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुष बाहेकको मात्रै उम्मेदवार हुनसक्छ । त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन । राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले गरेको होइन ।

निर्वाचन आयोगलेसमेत महिला उम्मेदवारी दिन आग्रह गरेसँगै रामसहायको नाम शुक्रबारदेखि नै विवादमा थियो । यदि रामसहायको उम्मेदवारी रद्द हुने आशंकाले जसपाले प्रमिला यादवलाई पनि उम्मेदवारी दिन लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ