arrow

बर्दघाट-सुस्तापश्चिम जिससको भवन निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार

नवलपुर ।  नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।

जिल्लाको सदरमुकाम परासीमा कुल रु सात करोड ९० लाख ५६ हजार लागतमा भवन निर्माण थालिएको  समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले जानकारी दिए ।

करिब तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवन दुईतलाको हुने छ । यसमा विभिन्न प्रयोजनका लागि २५ कोठा रहने जनाइएको छ ।

जिसस प्रमुख यादवले कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि कार्यालयबाट हुने सेवा प्रवाह सहज पुग्ने विश्वास लिएका छन् ।

करिब एक वर्ष छ महिनाभित्र प्रशासनिक भवन निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको हो । उक्त भवन बनाउनका लागि रु नौ करोड ४२ लाख ५६ हजारमा बोलपत्र आह्वान गरिएको रु सात करोड ९० लाख ५६ हजारमा बोलपत्र  परेको जिससका सबइञ्जीनियर सन्देश न्यौपाने बताए ।  

भवन निर्माणको जिम्मा आकृति पशुपति एभरेष्ट जेभी बुटवलले  पाएको छ । जिससको हाल आफ्नै भवन नहुँदा भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ