arrow

उपराष्ट्रपति निर्वाचन

उम्मेदवारमाथि परेका उजुरी छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दिएका उम्मेदवारको मनोनयन र उजुरीहरुमाथि आज जाँचबुझ हुँदैछ । उपराष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार फागुन २७ मा उम्मेदवारी दिएका उम्मेदवारको हकमा परेका उजुरीमाथि छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

हिजो शनिबार नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारद्धय रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ ।

जसपा सांसद रामसहाय यादवको उम्मेदवारीमाथि उजुरी परेको  छ। अन्य तीन जनाको नाममा भने उजुरी परेको छैन । रामसहायमाथि एमाले सांसद महेश बर्तौलाले राष्ट्रपति पुरुष भएपछि संविधानतः उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै उजुरी गरेका छन् ।  

आज यसको निरुपण हुनेछ । यदि रामसहायको उम्मेदवारी खारेज भयो भने प्रमिला आधिकारिक हुनेछिन् भने रामसहायको उम्मेदवारी कायम रहे प्रमिला पछि हट्ने छिन् । जसपाले निकै नै खेलबाड गरेको प्रतिक्रिया आइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ